७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका अधिकांश सरकारी कार्यालयको वेबसाइट अपडेट छैनन्

अ+ अ-

गलकोट । जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक सरकारी कार्यालय तथा स्थानीय तहले वेबसाइट सञ्चालनमा ल्याए पनि बागलुङका पालिकामा अपडेट हुन नसकेको पाइएको छ ।

आफ्ना नयाँ कार्यक्रम र गतिविधिलाई पारदर्शी, सेवा तथा सूचनामूलक बनाउन सबैजसो कार्यालयको वेबसाइट बनाए पनि अधिकांश स्थानीय तहले आफ्ना वेबसाइट अपडेट छैनन् । जिल्लाको सबैभन्दा महत्वपूर्ण कार्यालयको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले समेत आफ्नो वेबसाइटमा अपडेट नगरेको पाइएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् । अझ कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा निर्वाचित जनप्रतिनिधिको समेत विवरण राखेका छैनन् भने सम्पर्क नम्बर पनि गलत छन् ।

स्थानीय तहको सबै विवरण शीर्षकअनुसार हुनुपर्नेमा सामान्य अपडेट मात्रै गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको वबसाइडमा जिल्लाका सरकारी कार्यालय प्रमुखको विवरणमा प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुको नाम छ । जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने आएको पनि चार महिना बितिसक्यो । यस विषयमा जानकारी लिँदा प्रमुख जिल्ला अधिकारीले केही अपडेट नभएको भए सच्चाउने प्रतिबद्धता जनाए ।

बागलुङका धेरैजसो स्थानीय तहका वेबपेजमा वडागत प्रोफाइल विवरण, सामाजिक सुरक्षा, मासिक तथा चौमासिक आयव्याय, वार्षिक प्रगति प्रतिवेदनलगायतका विवरण भने अपडेट नै गरिएको छैन । केही अपडेट गरिए पनि पूर्ण छैनन् । वेबसाइट अपडेट नहुँदा सामान्य सूचना लिनका लागि पनि स्थानीय तह र सरकारी कार्यालयसम्मै पुग्नुपर्ने बाध्यता छ । हरेक स्थानीय तहमा वेबसाइट अपडेट गर्ने कर्मचारी भए पनि अपडेट नगरी तलब मात्रै खाएर बसेको सेवाग्राही गणेश शर्माले गुनासो गरे ।

निसीखोला गाउँपालिकाको वेबसाइटमा सामान्य जनप्रतिनिधि र वडाको विवरणबाहेक अन्य कुरा वेबसाइटमा राखिएको छैन । वेबसाइट तीन महिनाअघिसम्म खुल्दै नखुल्ने समस्या थियो । पछिल्लो समय त्यसमा सुधार गरेर बल्ल वेबसाइट अपडेटमा लागेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत नारायण पौडेलले बताए । अहिले निसीखोलाको मोबाइल एपसमेत रहेको छ ।

गलकोट नगरपालिकाले वडा अध्यक्षको समेत विवरण राख्न सकेको छैन । वडा कार्यालय र सम्पर्क नम्बर राखे पनि ११ वटै वडाको सम्र्पक नम्बरमा फोन गर्दा रजिष्टर गरिएको छैन भन्ने जवाफ आउँछ । नगरपालिकाको वेबसाइटमा नगर प्रमुख, उपप्रमुख र केही उच्च कर्मचारीबाहेक जनप्रतिनिधि, वडाध्यक्ष तथा सदस्यको कुनै विवरण पाइएको छैन ।

जैमिनी नगरपालिकाको वेबसाइटमा घटना दर्ता, सामाजिक सुरक्षाको विवरण, विज्ञापन, कर, बडापत्र, जनप्रतिनिधिको विवरण अपडेट छ । बरेङ गाउँपालिकामा अधिकांश कुरा अपडेट भए पनि घटना दर्ताको विवरण छैन । ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाका वेबसाइटसमेत सामान्य अपडेट मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस