१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन् ।

पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ श्रद्धाञ्जलि अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गरे । पार्टी एकताका निम्ति उनीहरु जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरुलाई प्राप्त भएको जनाउँदै उनले भने, ‘अहिले जो दुर्घटना जस्तो स्थिति देखापरेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उनको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैँ प्रेरणाका रुपमा आन्दोलनमा रहिरहन्छन् ।’

अहिले नेपालका कम्युनिष्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उनले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिलाई बदल्ने प्रतिबद्धता व्यक्त गरे ।

दाहालले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन (चौम) पार्टीको सदस्यता लिएको लिएका थिए । सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा उनको ठूलो योगदान रहेको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले भने ‘कम्युनिष्ट आन्दोलनका अभिभावकका रुपमा र आफ्नै अभिभावकका रुपमा मेरो जीवनमा उनको योगदानका कारणले म अहिले योे ठाउँमा आइपुगेको हुँ ।’

यसअघि अध्यक्ष दाहाल र माधवकुमार नेपालद्वारा संयुक्त रुपमा जारी गरिएको शोक वक्तव्य वाचन गरिएको थियो । अध्यक्ष दाहाल कुँवरको पार्थिव शरीरमा माल्यार्पणपछि भरतपुरबाट शव बोकेर देवघाटतर्फ प्रस्थान गरेका थिए । अध्यक्ष दाहाल गृह जिल्ला आउँदा सधैंँजसो कुँवरलाई भेट्ने गर्थे ।

कुँवरको आजै देवघाटमा अन्त्येष्टि गरिंँदै छ । विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मिनुभएका कुँवरको आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी हाल भरतपुर महानगरपालिका वडा नं १० मा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस