१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द

अ+ अ-

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ । बिहीबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताए ।

बिहीबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जीप दुर्घनामा परी आयोजनाका कर्मचारीको मृत्यु र केही घाइते भएका थिए । बेँसीशहर नगरपालिका-१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका-६ सिमी ताजेँमा बिहीबार दुर्घटना हुँदा गाउँपालिका-६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक २६ वर्षीय किशोर राई, ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका-१० घर भएका इञ्जिनीयर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै, आयोजनाका इञ्जिनीयर सुनिलकुमार शाह घाइते भएका छन् । त्यस्तै, सोही जीपमा रहेका सोही पालिका–६ सिमी ताजेँ घर भएका १५ वर्षीय अनु घले र १५ वर्षीय सुशाना विक घाइते भएका छन् । प्रहरीका अनुसार सो जीप सडकबाट १२० मिटर तल जीप खसेर दुर्घटना भएको थियो ।

दोर्दी खोला कोरिडोरमा पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो ।

आयोजनामा सबै गरेर ५०० कर्मचारी रहेका छन् । विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै गत असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि आगामी असारसम्म निर्माण सक्ने सम्झौता रहेको भए पनि सोभन्दा अघि निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस