काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह आइतबार भारत पुगेका थिए।
राष्ट्रपति मुर्मूसँगको भेटमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह सहभागी थिए।
त्यसैगरी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माको पनि उपस्थिति थियो।
भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहितका सरकारी अधिकारीहरू भेटमा सहभागी भएका थिए।
प्रधानमन्त्री शाहको राजकीय भ्रमणको कार्यक्रमअन्तर्गत भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट भएको हो।






