२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन

अ+ अ-

उदयपुर। जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् ।

सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म उक्त उपकरण जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोडको सहयोगमा अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर मेशिन एक वर्षअघि नै स्थापना गरिएको तर चिकित्सक व्यवस्थापन नहुँदा अहिलेसम्म प्रयोगविहीन अवस्थामा छन् । प्रयोगमा नरहेपछि मेशिन सञ्चालन नहुँदा बिग्रने अवस्था आएको अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए ।

भेन्टिलेटर मेशिन सञ्चालन गर्नका लागि छुट्टै एनेस्थेसियोलोजिष्ट चिकित्सक व्यवस्थापन गरिदिन आफूहरुले पटक–पटक प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरेको तर अहिलेसम्म उचित सुनुवाइ नभएको अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाले बताए ।