२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो कुरा राखेर झलनाथ बालुवाटारबाट बाहिरिए, निर्णय फिर्ता लिन ओलीलाई आग्रह

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुको पनि उपस्थिति छ ।

खनाल–नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनालले बैठकमा आफ्नो भनाई राखेका थिए । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिँदै त्यसको लागि फागुन २३ गतेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय फिर्ता हुनुपर्ने भनाई राखेका थिए ।

‘एउटा अब्जेक्टिभ रियालिटीको रुपमा देशमा स्थापित भइसकेको पार्टी सर्वोच्च अदालतले विभाजित गरिदियो । सर्वोच्चको फैसलाले अलग–अलग हुन पुग्यौं। अलग–अलग बनाएको भनेको हामी जेठ २ मा फर्कियौं । पर्किएपछि नेकपा एमालेको केन्द्रीय निकाय, केन्द्रीय कमिटी जस्तो थियो । तलसम्मको संरचना जस्तो थियो त्यसलाई स्वीकार गरेर जानुपर्छ । त्यसलाई नै प्रस्थानविन्दु मानेर जानुपर्छ,’ बैठकमा खनालले भनेका थिए ।त्यस्तै उनले संसदीय दलको प्रस्थान बिन्दु पनि जेठ २ नै भएको ठहर गरेका थिए ।

उनले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँतिएकोले अब २०७५ साल जेठ २ गतेको अवस्थाबाट अघि बढ्नुपर्ने अडान राखेका थिए । यदि, त्यसरी जान सकिएन भने पार्टी एकढिक्का हुन नसक्नेतर्फ उनले चिन्ता व्यक्त गरेका थिए ।