१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले)का मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने भएका छन्। आइतबार (आज)को संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका तीन मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।

कर्णाली प्रदेशमा एमालेले चैत ४ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्रीहरुले समर्थन कायम रहेको जानकारी दिएका थिए । आइतबार बसेको संसदीय दलको बैठकमा सहभागी मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएको एमालेका प्रमुख सचेतक गुलावजंग शाहले बताए ।

कर्णाली प्रदेश सरकारमा एमाले माधव नेपाल समूहका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी रहेका छन्।

आइतबारको बैठकले शाहकै संयोजकत्वमा तीन सदस्य रहेको विधान मस्यौदा कार्यदलसमेत बनाएको छ। कार्यदलमा करवीर शाही र मिना रखाल सदस्य छन्। चैत ४ गतेको संसदीय दलको बैठकको निर्णय अनुसार मार्गप्रशस्त गर्न मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।