२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५५ बढी सहसचिवको सरुवा गरिँदै

अ+ अ-

काठमाडौँ । सरकारले दर्जनौँ सहसचिवको सरुवा गर्दै छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि सरकारले नियुक्त तथा पदस्थापन गरेका ४४ सहित अन्य एक दर्जन गरी ५५ जना भन्दा बढी सहसचिवको सरुवा गर्न लागेको हो ।

१२ चैतमा बसको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताबाट २२ र कार्य क्षमताबाट २२ गरी ४४ जनालाई नियुक्त गर्दै एकमुष्ठरुपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : ४४ सहसचिवलाई नियुक्ति तथा पदस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय 

साता दिनको तालिममा रहेका नवनियुक्त सहसचिवहरूको पोस्टिङका क्रममा मिलाउँदै जाँदा अन्य दर्जन बढी सहसचिवहरूको पनि सरुवा हुने मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालय उच्च स्रोतले प्रशासनलाई दिएको जानकारी अनुसार अहिले रिक्त रहेका सहसचिवहरूमा १७ जना गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तहमा ११ जना रहेका छन् । यसबाहेकका बाँकी नवनियुक्त सहसचिवहरूलाई सङ्घ तथा प्रदेश मन्त्रालयमा पठाइने छ । ति सहसचिवहरुको सरुवा मिलान गर्नेक्रममा अन्य एक दर्जन सहसचिवहरु परिवर्तन हुन सक्नेछन् ।

पछिल्लो समय मन्त्रालयले भई सकेको सरुवा बदर गर्ने तथा शक्तिकेन्द्रको दबाबका आधारमा बाटैबाट परिवर्तन गर्ने खेल बन्द गरेको भए पनि ‘पावर फूल’हरूको रोजाइमा भने अङ्कुश लगाउन अझै सकेको छैन ।