२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यमा क्षेत्रमा बजेट वृद्धि, स्वास्थ्यकर्मी खुशी

अ+ अ-

डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणदेखि बिरामीको उपचारमा सधै अग्रपङ्क्तिमा खटिने जिल्लाका स्वास्थ्यकर्मीहरु सरकारले ल्याएको बजेटप्रति निकै खुशी भएका छन् ।सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेपछि उनीहरु खुशी भएका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य क्षेत्रको एक खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताएपछि यहाँका स्वास्थ्यकर्मीहरु निकै खुशी भएको जिल्ला स्वास्थ्य कार्यालयका परिवार जियोजन निरीक्षक सूर्य विष्टले बबताए । उनले भने, ‘पछिल्लो समय सबै क्षेत्रबाट स्वास्थ्यकर्मी जोखिममा थिए, सरकारले हाम्रा पीडा मर्का बुझेर बजेट ल्याएकाले अब काम गर्नमा झनै हौसला प्रदान भएको छ ।’

पछिल्लो समय विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण आफ्नो ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु स्वास्थ्य क्षेत्रमा सरकारले बजेट वृद्धि गरेपछि खुशी भएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विधि भण्डारीले बताए । उनले भने, ‘कोरोना कहरको समयमा पनि घरपरिवार नभनेर बिरामी बचाउनमा लागेका थियौँ, सरकारले हाम्रो पीडा बुझेर सम्बोधन गरेको छ, हामी खुशी छौँ ।’

यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । कोभिड–१९ विरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड समेत बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको रकम यथाशक्य कार्यान्वयनमा ल्याउन समेत यहाँका स्वास्थ्यकर्मीले माग गरेका छन् ।

बाइस लाखको स्वास्थ्य सामग्री सहयोग

वर्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सिडिसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै रु २२ लाख ६४ हजार ७२८ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।

सिड नेपाल डोटीका अध्यक्ष शेरबहादुर मल्लका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० ओटा ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० थान पल्स ओक्समिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, पिपिई सेट, पाँच लिटर सेनिटाइजर, पाँच हजार वटा मास्कलगायत रहेका छन् ।

जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले ती स्वास्थ्य सामग्री सहयोग गरीएको सिड नेपालले जनाएको छ ।