१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनस्तरको विरोधपछि सडक निर्माणमा लापर्वाही गर्नेलाई कारबाही हुने

अ+ अ-

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको रिङ्गरोड सडकमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोगबारे जनस्तरबाट विरोध भएपछि निर्माण कम्पनीलाई कारबाही गरिने भएको छ ।

निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रे माथि अलकत्रा र भुटेको बालुवा हालेर (स्यानसिल) गरेपछि विरोध भएको थियो । स्थानीयबासीको विरोध र विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि नगरपालिकाको टोलीले सडकको गरेको अनुगमनमा कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कालोपत्रे सडक बनाएको पाइएको हो ।

नगरपालिकाले नारायणम रेखा जेबी निर्माण सेवालाई कमजोर सडक पुनः नबनाए कालो सूचिमा राख्न सिफारिसलगायत कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो । आज वडा नं। १ का अध्यक्ष मानराज शाहीले विज्ञप्ति जारी गरी गल्ती गर्नेलाई कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

कमसल सामग्रीका कारण गिट्टीहरू चप्किने र जमेर बस्ने हुँदा सडक मजबुत हुने बताइए पनि सडक निर्माण भइरहेको ठाउँमा कालोपत्रे नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको र खुट्टाले कोट्याए जमिन देखिने समस्या आएपछि पालिकाले अनुगमन गरेको हो ।

सडकको सब बेस र बेसको काम राम्रो रहे पनि कालोपत्रे गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४।७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठूलो गिट्टीको प्रयोग गरेको हुँदा यस्तो समस्या देखा परेको जनाइएको छ । त्यहाँ प्रयोग भएको बिटुमिन अर्थात् अलकत्राको गुणस्तर कमजोर भएको प्रारम्भिक अनुमान गरिएको र अलकत्राको क्वालिटी कमजोर भए–नभएको बारे प्रमाणित गर्न धनगढी उपमहानगरपालिकाको ल्याबमा परीक्षणका लागि पठाउन लागिएको नगरपालिका इन्जिनीयर सन्तोष चन्दले बताए ।

अहिले स्यानसिल गरे पनि अलकत्रा परीक्षण पश्चात गुणस्तर कमजोर देखिए जुन हिसाबमा कालोपत्रे बिग्रिएको छ, त्यसमा माथिबाट यस किसिमको मर्मत नभई धेरै बिग्रिएको दुई सय मिटर क्षेत्रमा जिरा गिट्टी हालेर फेरी कालोपत्रे गर्नुपर्ने अवस्था रहेको चन्द बताउछन् ।

करिब १७ किलोमिटर लम्बाइ रहेको रिङ्गरोडको पहिलो चरणमा ३.५६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ । सडक कालोपत्रे गर्न उक्त सेवाले रु एक करोड ५८ लाख ६० हजार ९ सय ५८ मा ठेक्कामा लिएको छ ।

घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जनगुनासो आएपछि प्राविधिकको टोलीलाई अनुगमनमा पठाएको र प्राविधिकलाई सडक मापदण्ड अनुसार भए नभएको वास्तविक प्रतिवेदन बुझाउन आफूले भनेको बताए। साथै सडक मापदण्ड वपरीत भए सुरुमा मापदण्ड अनुसार बनाउन पत्राचार गरिने र नमाने कानूनबमोजिम कारबाही गरिने सिंहको भनाइ छ ।

कमसल सडक निर्माण गरेको आरोप लागेका निर्माण सेवाका प्रबन्धक जनक शाहीले सडक मापदण्ड अनुसार नै बनाएको जिकिर गर्नुभएको छ । काम गर्दा केही कमजोरी भए पनि बदमासी नभएको उनको भनाइ छ ।

स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा निर्माण भइरहेको रिङ्गरोड घोडाघोडी नगरपालिकाको महत्वपूर्ण योजनाको रूपमा हेरिएको सो सडक सुखडको भुखाली चौकबाट पिपलडाडा, पूर्वी पेट्रोल पम्प हुँदै बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौक सम्म करिब १७ किलोमिटर रिङ्गरोड निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस