२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा कोरोना संक्रमितको मृत्युदर शून्यमा झर्‍यो

अ+ अ-

काभ्रे । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो। यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना संक्रमण देखिएको एक तथ्यांकले देखाएको छ।

चार दिनदेखि जिल्लामा कोरोना संक्रमणबाट मृत्युको घटना भएको छैन। असार महिना लागेपछि नगन्य मात्रामा कोरोना संक्रमणबाट मृत्युको घटना भएका छन्। पछिल्ला केही हप्तादेखि कोरोना संक्रमण घट्दै जानु र संक्रतलाई स्वास्थ्य संस्थाबाट पर्याप्त स्वास्थ्योपचार पाउनुले मृत्युको सङ्ख्या शून्यतामा झरेको बताइन्छ। दैनिक संक्रमणको संख्या पनि ४० को हाराहारीमा छ भने संक्रमणमुक्त हुनेको संख्या करिब १०० हुने गरेको कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को दैनिक तथ्यांकमा उल्लेख छ।

गत वर्ष भने कोरोना संक्रमणबाट जिल्लाका ४५ को मृत्यु भएको थियो। कोरोना संक्रमणबाट हालसम्म काभ्रेपलाञ्चोकका १६५ को मृत्यु भएको छ। केन्द्रका अनुसार जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ६५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म जिल्लाका ११ हजार ६४ जनामा कोरोना संक्रमण देखिएको छ। यसमध्ये तीन हजार गत वर्षका सङ्क्रमित हुन् भने करिब आठ हजार कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताका हुन्।

गत वर्षभन्दा बितेका तीन महिनामा अढाई बढी संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत संक्रमित वृद्धि भएका हुन्। तथ्यांकनुसार हालसम्मका कुल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् १० हजार ५०६ संक्रमणमुक्त भइसकेका छन्।

पहिलोपटक २०७७ जेठ १ गते काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारार्थ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको थियो। कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै संख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले जनाएको छ।

‘संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो,’ केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा। नरेन्द्रकुमार झाले भने। उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट ट्रसिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। कोरोना संक्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र शिलसमेत गर्नु परेको थियो। पछिल्ला केही दिनदेखि संक्रमणदर घट्दै गएपछि जिल्लाभर हाल काभ्रेपलाञ्चोक प्रशासनको जोरबिजोर यातायात सञ्चालनसँगै ‘खुकुलो निषेधाज्ञा’ मात्रै लागू भएको छ।

यसैबीच काभे्रपलाञ्चोकमा हाल ३९३ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा १०७, धुलिखेलमा ५६, पनौतीमा ५१, पाँचखालमा ४९, नमोबुद्धमा १७, मण्डनदेउपुरमा ११ तथा रोशी गाउँपालिकामा ७, चौँरीदेउरालीमा ११, तेमालमा ६, भुम्लु २०, खानीखोलामा २०, बेथानचोकमा २४ र महाभारत गाउँपालिकामा १४ रहेका केन्द्रले जानकारी दिएको छ।