२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जामन्त्री भुसालसँग राजदूत पार्कको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल–कोरियाको आपसी चासो र सहयोगका विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा मन्त्री भुसालले दुई देशबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

भेटमा राजदूत पार्कले माथिल्लो त्रिशूली–१ परियोजनाबारे जानकारी गराइन् । आगामी अक्टोबरमा शिलान्यास गर्नेगरी उक्त परियोजना अगाडि बढाइएको उनले बताइन्। राजदूत पार्कले कोरियाली सरकारी स्वामित्व रहेको कम्पनीको लगानी रहेको उक्त परियोजना अगाडि बढाउनका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक काम अघि बढाइदिनसमेत अनुरोध गरे । उनले उक्त आयोजना सम्पन्न गर्न सके दुई देशबीच आपसी सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जवाफमा मन्त्री भुसालले जलविद्युत् क्षेत्रका आयोजनाहरू समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै अप्पर त्रिशूली आयोजना निर्माणका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाउने बताइन् । कोरियाली लगानी, सहयोग र साझेदारीका योजनालाई समयमै सम्पन्न गर्दै आपसी विश्वास अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।

त्यसैगरी मन्त्री भुसालले कोरियाले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै इपिएस कार्यक्रमअन्तर्गत कोरिया जाने तयारीमा रहेका नेपालीलाई आवश्यक सहजीकरण गर्न आग्रह गरिन् । उनले कोभिड–१९ का प्रोटोकल बनाएर नेपाली युवालाई गन्तव्यसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्। कृषि क्षेत्रमा कोरियाको राम्रो अनुभव रहेको बताउँदै मन्त्री भुसालले त्यस्ता क्षेत्रको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्न सकिने बताइन्।

राजदूत पार्कले कोरियन भाषा परीक्षा पास गरेका नेपालीलाई कसरी गन्तव्यसम्म पु¥याउने विषयमा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको जानकारी गराए । उनले कृषि क्षेत्रमा थप सहकार्यका लागि आफूले कोरियाली विकास नियोगमार्फत सहकार्य गर्ने बताए ।