१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय तहका किशोर किशोरीका लागि फाइजर र मोर्डना खोप ल्याउँदैछौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विद्यालय तहका किशोर किशोरीका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरुको नियमित रुपमा पठन पाठन रोकिएकोले त्यसलाई अघि बढाउन विद्यार्थीलाई खोप लगाउने सरकारको कार्ययोजना रहेको बताए ।

हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा खोप प्राप्त भएको र ३ करोड ३६ लाख खोपको मात्रा आउने प्रक्रियामा रहेको राज्यमन्त्री श्रेष्ठले बताए । उनले आगामी असोजसम्म १ करोड ८ लाख थप खोप आइपुग्ने जानकारी गराए । माघ मसान्तसम्म ३ करोड २३ लाख थप खोप प्राप्त हुने बताउँदै माघसम्म कुल ५ करोड २३ लाख खोप पुग्ने बताए ।

हालसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले पहिलो मात्राको खोप लगाएका छन भने २८ लाख ८८ हजार ३ सय ६९ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । भेरोसेल खोप ९ लाख मात्रा, अस्ट्राजेनिका ११ लाख ५० हजार मात्रा र जोन्सन २१ हजार मात्रा गरी २० लाख ७१ हजार मात्रा खोप स्थानीय तहमा भण्डारमा रहेको बताए ।

यस्तै केन्द्रीय भण्डारमा अस्ट्राजेनिका १ लाख ६१ हजार मात्रा र जोन्सन १२ हजार मात्रा गरी कुल १ लाख ७३ हजार मात्रा रहेको जानकारी गराए । हालसम्म नेपालमा पिसिआर र एन्टिजेन बिधिबाट कुल ७ लाख ९५ हजार ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । जसमा ६ लाख ७५ हजार कोरोना संक्रमणबाट निको भएको र निको हुने दर ९३ प्रतिशत रहेको जानकारी दिए । ९६ वटा प्रयोगशालाबाट पिसिआर बिधिबाट परीक्षण गरिने र ६८ वटा सरकारी प्रयोगशालाबाट निःशुल्क कोरोना परीक्षण गरिने गरेको उनले बताए । कोरोनाबाट १० हजार १ सय ८० जनाले ज्यान गुमाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस