काठमाडौँ । वालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ११ बजेका लागि बैठक डाकेका हुन् । बालुवाटार उच्च स्रोतका अनुसार सरकारले दल विभाजनको अध्यादेश ल्याउन सक्ने बुझिएको छ । आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले तयार पारेको दल विभाजन सम्बन्धी अध्यादेश सार्वजनिक गर्ने तयारी रहेको सत्ता पक्षका एक नेताले जानकारी दिएका थिए ।
सोमबार मात्रै संसद्को अधिवेशन अन्त्य गरिएको थियो ।