काठमाडौँ। प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।
झा गत फागुन ७ मा प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
सम्बन्धित समाचार : प्रदेश २ को प्रदेश प्रमुखमा हरि शंकर मिश्र नियुक्त
