१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगान सेनाले आफ्नो देशका लागि लड्नुपर्थ्यो–राष्ट्रपति बाइडेन

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताएका छन् । उनले भनेका छन्,‘ अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपर्थ्यो, तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ ।’

उनले भने,‘जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य संलग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गर्छ ।’

उनले सोमबार टेलिभिजनबाट दिएको सन्देशमा सो कुरा बताएका हुन् । उनले पछिल्लो समयमा अफगानिस्तानको सेनाले अमेरिकाले दिएको तालिम तथा सुविधाअनुसार आफैँ लड्न नसकेको बताउँदै आएका छन् । उनले सोमबार भने, ‘अफगान फौजले उनीहरूकै देश र जनताका लागि पनि जे जसरी लड्न सक्नुपर्थ्यो, त्यो नचाहेको देखियो । अब यसो भएपछि अमेरिकी सैनिक कति समयसम्म त्यहाँ रहेर लड्न सक्छन् रु अब अमेरिकाको भनाइ यो हो कि अब अमेरिकी सेना युद्धमा मर्नु हुँदैन ।’

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उनले आफ्नो निर्णयको बचाउ पनि गरे । उनले यो निर्णयमा आफू कटिबद्ध रहेको पनि बताए ।

युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ । तर पनि राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय हो भनेका छन् ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि गत आइतबार नै तालिबानीले सत्तामा पुगेका छन् । आइतबार तालिबानले लडाइँ जितेको घोषणा पनि गरेका थिए ।

अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनःसत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिकरुपमै अन्त्य भएको छ ।

तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए । पछिल्ला दिनमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे ।

यति चाँडै उनीहरू सत्तामा आउलान् भन्ने अनुमान भने नगरिएको अमेरिकी अनुमान थियो । तालिबानको तीव्र विस्तारका बाबजुद पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका विरुद्धमा लड्न नचाहेको विषयले पनि अहिले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु आवश्यक रहेको पुष्टि गरेको बाइडेनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस