२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित

अ+ अ-

कञ्चनपुर । प्रकृतिका कुचीकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् ।

संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ एक मात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला परेका छन् ।

‘गुँड बढी देखिनुलाई सकारात्मक रूपमा लिन सकिन्छ’, नेपाल पक्षी संरक्षण सङ्घका संरक्षणकर्मी हिरुलाल चौधरीले भने, ‘नाटकीयरूपमा ९० प्रतिशत बढीले दुई दशकअघि कमी आएको गिद्धको सङ्ख्यामा वृद्धि हुन थालेपछि निकै उत्साहित भएका छौँ ।’ पाँचदेखि १० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या बढेर हाल २०० बढीको हाराहारी पुगेका छन् ।

चौपायाको दुखाई कम गर्न प्रयोग गरिने डाइक्लोफेनेक औषधिको प्रयोगमा लागेको प्रतिबन्धले गिद्धको सङ्ख्यामा बढोत्तरी भएको बताइएको छ । डाइक्लोफेनेक औषधिको प्रयोगपश्चात् मरेका चौपायाको मासु गिद्धले खाँदा गिद्ध हृदयघात भई मर्ने गरेका थिए । नेपालसहित बङ्गलादेश, भारत र पाकिस्तानमा गरिएको अध्ययनअनुसार गिद्धको सङ्ख्यामा ह्रास आउनाको मुख्य कारण पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको पुष्टि भएपछि यसको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

‘गिद्धलाई डाइक्लोफेनेक औषधि प्रयोग गरिएको आहारबाट रोक्नु निकै चुनौती थियो’, संरक्षणकर्मी चौधरीले भने, ‘डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउनका लागि निकै प्रयास भए, त्यसको परिणमस्वरुप औषधिमा प्रतिबन्ध लागेपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ ।’ डाइक्लोफेनेक औषधिको विकल्पका रूपमा हाल गिद्धलाई असर नपुग्ने अरु औषधिको प्रयोग हुन थालेको छ ।

गिद्धको वासस्थानमा सुधारसँगै वातावरणमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे जनचेतना फैलाउने कार्य र गिद्धले गुँड बनाउने रुखहरुको संरक्षणमा जोड दिइएपछि गिद्धलाई पुरानै अवस्थामा फर्काउने कार्य सन्तोषजनकरूपमा अगाडि बढ्दै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदान, झिलमिला, तारापुर, भतपुरी फाँटा, बर्निखेडा, लालपानी क्षेत्रमा गिद्धको वासस्थान रहेको छ । निकुञ्जसँगै त्यसको मध्यवर्ती क्षेत्रका रूपमा रहेका दोधारा चाँदनी, बन्साहा र लालझाडी क्षेत्रमा समेत गिद्धले गुँड लगाउने गरेको छ ।

निकुञ्जका सूचना अधिकारी रविन चौधरीका अनुसार नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये यहाँ सात प्रजातिका गिद्ध पाइने गरेका छन् । जसमा डङ्गर, हिमाली, सानो खैरो, सुन, खैरो, राज र गोब्रे गिद्धका प्रजाति पाइने गरेका छन् ।

‘सबैभन्दा बढी डङ्गर गिद्धको सङ्ख्या देखा परेको छ’, उनले भने, ‘त्यसपछि सुन गिद्ध र सानो खैरो गिद्धको सङ्ख्या देखिएको छ, अन्यको सङ्ख्या धेरै कम छ, लामो ठुडे र खैरो गिद्ध जाडो मौसममा मात्रै देखा पर्ने गरेको छ, ती दुई प्रजातिका गिद्ध बाह्य क्षेत्रबाट ‘माइग्रेट’ भएर यहाँ आइपुग्ने गरेका छन् ।’

निकुञ्जमा पाइने गिद्धका प्रजातिमध्ये चार प्रजातिलाई निकै दुर्लभ मानिएको छ । गिद्धको प्रजनन दर बढ्दै गएकाले त्यसलाई सकारात्मक रूपमा लिन सकिने चौधरीले बताए । कैलालीको खुटिया, अत्तरिया, बेली, पटेलालगायतका क्षेत्रमा गिद्ध पाइने गरेका छन् । गिद्ध संरक्षणकर्मीका अनुसार कैलालीमा गिद्धको सङ्ख्या १५० को हाराहारीमा छन् । सुदूरपश्चिमका पहाडी क्षेत्रमा पाइने सुन गिद्ध र राज गिद्ध जोगाउनका लागिसमेत निकै चुनौती छ ।

मुख्य समस्याका रूपमा आगलागी रहेको छ । गिद्धले लगाएका गुँड प्रतिवर्ष आगलागीका कारण जल्ने गरेका छन् । त्यसबाट गिद्धको सङ्ख्यामा निकै गिरावट आएको छ । आगलागी नियन्त्रण गर्न सकिए मात्रै गिद्धलाई लोप हुनबाट जोगाउन सकिने संरक्षणकर्मीको भनाइ छ ।

गिद्ध मांसाहारी चरा भए पनि त्यसले आफैँ सिकार भने गर्दैन । मरेका पशु गिद्धको मुख्य आहाराका रूपमा रहेको छ । वातावरण सन्तुलन गर्नमा गिद्धको महत्त्वपूर्ण भूमिका रहेको छ । आहाराका लागि गिद्ध टाढा–टाढासम्म उड्ने गर्दछ । विश्वमा गिद्धका २३ प्रजाति पाइने गरेका छन् ।

गिद्ध दिवस मनाइँदै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस मनाइँदै छ । प्रत्येक वर्षको सेप्टेम्बर ३ तारिखका दिन दिवस मनाइने गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितामा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरिएको निकुञ्जका सूचना अधिकारी चौधरीले बताए ।

उनका अनुसार गिद्ध पाइने ठाउँ पत्ता लगाई सङ्ख्या यकिन गर्ने र गुँड पत्ता लगाउने कार्यसमेत अगाडि बढाइएको छ । वाइनाकुलरको सहायताले हेड काउन्टका आधारमा सङ्ख्या पत्ता लगाइने उनले बताए । त्यसका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा टोली परिचालन गरिएको छ ।