२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

अ+ अ-

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएको उनले बताए । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उनले जानकारी दिए ।