२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई आज स्वदेश ल्याइने

अ+ अ-

काठमाडौँ । अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई आज (शनिबार) उद्धार गरेर स्वदेश ल्याइने भएको छ ।

अफगानिस्तानको अवस्था अझै सहज नभएपछि त्यहाँ रहेका बाँकी नेपालीलाई ल्याउन लागिएको हो । गैर कानुनी रूपमा अफगानिस्तान छिरेकाले उनीहरूसँग आवश्यक कागजपत्रसमेत छैन । उनीहरूलाई फर्काउन नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार नेपाली टोलीले शनिबार बिहान १० बजे काबुल छाड्नेछ । अफगानिस्तानबाट उड्ने चार्टर विमानमा संयुक्त राष्ट्रसङ्घ (युएन) र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि सँगै आउने उनले प्रस्ट पारे । अलपत्र नेपालीलाई काबुलमा युएनको सहयोगमा सुरक्षित रूपमा राखिएको छ ।

अमेरिकी सेनाले २० वर्षपछि अगस्ट ३० मा अफगानिस्तान छाडेपछि त्यहाँ नेपालीसहित विदेशी नागरिकको सुरक्षालाई लिएर प्रश्न उठिरहेको छ । सरकारले अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरेको थियो । तर, हाल करिब एक हजार नेपाली रहेको देखिन्छ । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ९ सय ४० नेपालीको उद्धार भइसकेको छ । यसबाहेक अफगानिस्तानमा अलपत्र परेका थप नेपाली भने हालसम्म भेटिएका छैनन् ।

दिल्ली दूतावासले यसअघि अफगानिस्तानमा रहेका नेपाली खोज्न त्यहीँ रहेका नेपालीलाई नै जिम्मेवारी दिएको थियो । जसले गर्दा दूतावासलाई त्यहाँ रहेका सम्पूर्ण नेपालीको अवस्थाबारे थाहा पाउन सहज भएको थियो । दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानलाई समेत हेर्ने भए पनि कूटनीतिक कर्मचारीले काबुल नटेकेको करिब ४ वर्ष भइसकेको छ ।