तातोपानी नाकाबाट लक्ष्य भन्दा कम राजश्व सङ्कलन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तातोपानी नाकाबाट लक्ष्य भन्दा कम राजश्व सङ्कलन


३ आश्विन २०७८, आइतबार


काठमाडौँ। चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट चालू आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ ।

नाका अनियमित भएपछि राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको हो । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरेबल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको छ ।

तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुई वटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । दसैँ, तिहार नजिकिँदै जाँदा पनि नाका पूर्ण रूपमा सञ्चालन नहुँदा यस वर्ष नै लक्ष्य भन्दा कम राजस्व सङ्कलन हुने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस