८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्व विशेष सुरक्षा योजना : अपराध नियमन तथा नियन्त्रणमा पर्सा प्रहरी

अ+ अ-

वीरगन्ज । बडादसैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ ।

चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनजर गरी अख्तियार गरिने सुरक्षा रणनीति तथा प्रहरी कारबाही, ड्युटी परिचालनदेखि ट्राफिक व्यवस्थापनसम्मको योजना सुरु गरेको हो ।

आवश्यकताअनुसार प्रहरी जाँचलाई बढाइएको छ । प्रहरी परिचालन र सक्रियतालाई अधिकतम वृद्धि गरी अपराधजन्य घटना हुने स्थान र आपराधिक व्यक्तिका हर्कतउपर निरन्तर निगरानी जारी राखेको प्रहरीले जनाएको छ ।

त्यसअनुसार वीरगन्ज महानगरपालिकाको मुख्य बजार माईस्थान रोड, आदर्शनगर, घण्टाघर, बसपार्कलगायतका स्थानमा रहेको स्थायी बजारलाई अव्यवस्थित हुन नदिन चौबीसै घण्टा जुनियर प्रहरी अधिकृतको कमान्डमा ड्युटी खटाइएको हो ।

दसैँ–तिहारलाई लक्ष्य गरी सर्वसाधारणले लत्ता कपडा, खाद्य वस्तुलगायत विभिन्न सामग्री ठुलो मात्रामा खरिद बिक्री हुने हुनाले बजार क्षेत्रमा सम्बन्धित प्रहरी एकाइबाट आवश्यकताअनुसार सादा पोसाक, मोबाइल, पैदल गस्ती तथा पिकेटसमेत खटाइएको छ ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कालोबजारी नियन्त्रण तथा बजार अनुगमन गर्न अनुगमन टोली पठाइने छ । भीडभाडको मौका छोपी हुनसक्ने स्न्याचिङ र बैङ्क तथा वित्तीय संस्थामा हुनसक्ने लुटपाटलाई नियमन तथा नियन्त्रण गर्न सादा पोसाकका प्रहरी खटाइएको हो ।

यसैगरी बैङ्क तथा वित्तीय संस्थामा तथा रकम भुक्तानी लिई आउने सेवाग्राहीलाई पिछा गरी लुटपाट, चोरी तथा ठगी हुनसक्ने सम्भावनालाई ध्यान दिई सचेत हुन आग्रह गर्ने, बैङ्क तथा वित्तीय संस्था भएका स्थानमा निरन्तर निगरानीमा राख्नाका साथै त्यस्ता स्थानमा प्रहरी गस्ती बढाइएको छ ।

प्रहरी नायब निरीक्षकको कमान्डमा सिसीटिभीजडित बजार तथा क्षेत्रका गतिविधि जिल्लास्थित सिसिटिभी कक्षबाट निरन्तर अवलोकन गरिएको छ भने कुनै पनि घटना घटाई भाग्न सक्ने अवस्थालाई मध्यनजर गरी मूलबजार ९घण्टाघर, माईस्थान, आदर्शनगर०मा प्रहरी हवलदारको कमान्डमा तीन टोली खटाइएको हो ।

सुरक्षित वीरगन्जअन्तर्गत रहेका सिसिटिभीबाहेक अन्य व्यवसायी तथा सङ्घसंस्थाले राखेका सिसिटिभीको समेत अभिलेख तयार गरी आवश्यकताअनुसार घटनाको अनुसन्धान गर्ने योजना बनाइएको प्रहरीले जनाएको छ ।

यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने, क्षमताभन्दा बढी यात्रु चढाउने सवारी चालक, सहचालक तथा टिकट काउन्टरलाई कारबाही गर्ने प्रहरीले जनाएको छ ।

चाडपर्वमा हुने हर्ष उल्लासको माहोल, भीडभाड तथा साविकभन्दा बढी हुने आर्थिक कारोबारको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीजस्ता घटना घटाउने अपराधीसमेत सीमापारिबाट नेपाल आउन सक्ने हुनाले सीमावर्ती प्रहरी एकाइले भारतीय प्रहरीसँग समन्वय गरी त्यस्ता व्यक्तिको पहिचान गर्नाका साथै निरन्तर जाँच गर्ने तथा शङ्कास्पद व्यक्तिलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाएको छ ।

भारतबाट आउने नेपाली यात्रुलाई सीमामा अनावश्यक दुःख नहोस् भन्ने हेतुले भारतीय सुरक्षाकर्मी र सरोकारवाला पक्षसँग उचित समन्वय गरी अनुकूल वातावरण सिर्जना गर्ने, प्रहरी कर्मचारीको बिदा कटौती गर्ने तथा सबै प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाइएको छ ।

यसैगरी अवैध मदिरा भट्टी नष्ट गर्ने, जुवातास, कौडा, झण्डीबुर्जा (खडखडे) हुन नदिने र हुने स्थानमा छापामारी गर्ने शान्ति सुरक्षामा खलल पुग्ने तथा सुरक्षा जोखिम बढाउने कुनै पनि कानुन विपरीत कार्यमा संलग्नलाई कडाइका साथ कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस