२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले रुपन्देहीको घटनामा सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्ने जो कोहीलाई पनि कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। 

सोमबार मन्त्रालयका सहसचिव तथा सहायक प्रवक्ता दिलकुमार तामाङले एक विज्ञप्ति जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

कसैको ‘बहकाउ’मा परी यस्ता गैर कानुनी काममा संलग्न नहुन समेत अनुरोध गरेको तामाङले भनेका छन् ‘निर्धारित कानुनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही हुने ब्यहोरा जानकारी गराइन्छ, कसैको बहकाउमा परी यस किसिमको गैर कानुनी कार्यमा संलग्न नहुन सबैमा नेपाल सरकार अनुरोध गर्दछ।’

आइतबार रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्वासी र सुरक्षाकर्मीबिच भएको भिडन्तका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु समेत भएको थियो भने कयौँ घाइते भएका थिए। 

एक पटकका लागि सरकारले ‘आवाद कमोत’ गर्दै आएको सरकारी वा ऐलानी जग्गा रहेको स्थानमा वा नेपाल सरकारले उपयुक्त ठहऱ्याएको अन्य कुनै सरकारी जग्गा तोकिएको क्षेत्रफलको हदमा नबढ्ने गरी उपलब्ध गराउने कानुनी व्यवस्था रहेको मन्त्रालयले जानकारी दिएको छ।

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले कार्य गरिरहेको  मन्त्रालयको भनाइ छ।

उनीहरूको व्यवस्थापन गर्न कानुनी व्यवस्था गरी प्रक्रिया अगाडि बढाइएकोमा कोही छुटेको भए स्थानीय तहमा अझै नाम दर्ता गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।