९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले अधिवेशन : रुपन्देहीका १२ पालिकामा अधिवेशन हुँदा महिलाको नेतृत्व शून्य

अ+ अ-

काठमाडौँ । रुपन्देहीका १६ मध्ये १२ पालिकामा नेकपा एमालेले अधिवेशन गरेको छ।

बुटवल उपमहानगरसँगै १२ वटा पालिकाहरुमा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको हो।

तीन वटा नगरपालिका र एउटा गाउँपालिका बाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ।

तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकामा अझै अधिवेशन भएको छैन ।

अरु पालिकामा भने अध्यक्षलगायत सबै पदमा सहमतिमै नेतृत्व चयन गरिएको एमाले रुपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसीले बताए।

अध्यक्षका लागि छ जनाले आकाङ्क्षा देखाएको बुटवलमा किशन ज्ञवाली सर्वसम्मत रुपमा अध्यक्ष चयन भए। शोभाखर पोखरेल उपाध्यक्ष भए भने सचिव र उपसचिव भने कसलाई बनाउने विषयमा छलफल भइरहेको छ।

सैनामैना नगरमा चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन्।

त्यस्तै शुद्धोधन गाउँपालिमा विष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत चयन भएको एमालेले जनाएको छ।

एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमा नगरपालिकामा अझै सहमति जुट्न सकेको छैन। अध्यक्षको लागि चार जना आकाङ्क्षी छन्।

तिलोत्तमामा मीनप्रसाद पोखरेल, तामानाथ पाण्डे, सुरेन्द्र श्री र नेत्र वनको उम्मेदवारी रहेको छ। यहाँ सकभर निर्वाचनभन्दा पनि सहमतिमै नेतृत्व चयन गर्न खोजिएको नेताहरूले बताएका छन्।

साथै देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा पनि सहमति जुट्न सकेको छैन।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने निसार अहमदको अध्यक्षतामा सबै नगर कमिटी सर्वसम्मत चयन भएको वीरेन्द्र मिश्राले जानकारी दिए।

त्यस्तै गैंडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको सन्दीप गुप्ताले बताए। गैंडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दीनानाथ आचार्यको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनिलकुमार कौशलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता सन्जय गुप्ताले बताए।

त्यस्तै मर्चवारिमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

प्रमुख पद अध्यक्ष, उपाध्यक्ष तथा सचिवमा कुनै पनि पालिकामा महिला नेतृत्व भने आएको छैन।

प्रतिक्रिया दिनुहोस