११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मादीका बाढी पीडितलाई प्रदेश सरकारको राहत

अ+ अ-

गण्डकी । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढी पीडितलाई राहत रकम प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरे ।

गत असार १ गते मादी नदीमा आएको बाढीले पूर्ण क्षति पुर्‍याएका ११ घर परिवारलाई जनही रु एक लाखका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गरे ।

बाढी पहिराले घर पूर्ण क्षति पुर्‍याउनेलाई मनाङका हकमा रु दुई लाख र अरु जिल्लाका हकमा रु एक लाख उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो ।

कार्यक्रममा भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ र दूधराज गुरुङलाई मुख्यमन्त्री पोखरेलले राहत प्रदान गरे ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुख दुःखमा सधैँ साथमा रहेको जनाउँदै तीन तहका सरकारका आआफ्नै दायित्व र अधिकार क्षेत्र रहेको तथा प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेर क्षमताले धानेसम्म दायित्व निर्वाह गर्न तत्पर रहेको उल्लेख गरे।

बिना विभागीयमन्त्री डोवाटे विश्वकर्माले २०७२ सालको भूकम्पपछि मुलुकमा धेरै थरी विपत्ति आएको जनाउँदै विपत्तिको सामना गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मुख्यमन्त्रीले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्दा नागरिकले प्रदेश सरकारको अनुभूति गरेको बताए ।

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक गायत्री गुरुङले बाढी आएदेखि नै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको र ढिलै भए पनि राहत वितरण हुँदा खुसी लागेको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य तेजकुमारी पौडेल, गण्डकी प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, मादी–१ का वडाध्यक्ष सुरज गुरुङ, वडा नं ७ का वडाध्यक्ष लालबहादुर गुरुङलगायतले बाढी पीडितलाई सरकारले प्रदान गरेको राहतले महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस