७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीय निजामती ऐन अगाडि बढ्छ : मन्त्री पौडेल

अ+ अ-

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संसद्मा रोकिएको सङ्घीय निजामती ऐन अगाडि बढ्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शुभेच्छुक संस्था नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ गण्डकी प्रदेशको दोस्रो भेलालाई आज पोखरामा उद्घाटन गर्दै उनले ठूलो मेहेनतबाट तयार गरिएको निजामती ऐन विभिन्न कारणले संसद्मा अड्किएको भए पनि अब अगाडि बढाइने बताए ।

सो ऐन अघि बढाउन मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको मन्त्री पौडेलले जानकारी दिए । माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पौडेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीलाई पुनःगठित र पुनःजीवित गर्ने सङ्कल्प पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकले गरेको उल्लेख गरे ।

उनले भने, ‘अन्य पार्टीभित्र नेतृत्वको झगडा भए पनि हामीमा त्यस्तो छैन, अध्यक्ष प्रचण्डको नेतृत्वमा नै देशको प्रमुख पार्टी बनाउने सङ्कल्प गरेर अघि बढेका छौँ, विसं २०६४ कै अवस्थामा पार्टीलाई पुर्‍याउँछौँ ।’

माओवादीको आगामी राष्ट्रिय सम्मेलनपछि देश निर्माणको वैचारिक नीति, दार्शनिक दृष्टिकोण र सशक्त नेतृत्व निर्माण गरेर अगुवाइ गरिने जनाउँदै पौडेलले सम्मेलनसम्म पार्टी पुनःगठनको प्रारम्भिक प्रक्रिया चल्ने बताए । अहिलेको संयुक्त सरकारसमेत पार्टी निर्माणमा सहयोगी भूमिकामा रहने उल्लेख गर्दै उनले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मसँगै लिएर जाने योजना रहेको स्पष्ट पारे ।

माओवादी केन्द्र गण्डकी प्रदेशका सहइन्चार्ज एवं प्रतिनिधिसभा सांसद यशोधा सुवेदीले निजामती क्षेत्रले राज्यको परिवर्तित अवस्थालाई मध्यनजर गरी सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विश्व ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका सहअध्यक्ष मोहनमान स्वाँर, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीका संयोजक रुद्र गौतम, राष्ट्रिय कर्मचारी सङ्गठन निजामती गण्डकीका अध्यक्ष कृष्णप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलाले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका संयोजक तारानाथ सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस