९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले लेबनानको सामना गर्ने

अ+ अ-

काठमाडौँ । एएफसी यु–२३ एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ ।

यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ ।

नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ ।

नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजित भइसकेका छन् भने प्रतियोगिताबाट पनि बाहिरिसकेका छन् ।

समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।

ताजकिस्तान र इरान समान दुई खेलमा समान शीर्ष छ अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानका लेबनान र चौथो स्थानको नेपाल अङ्कविहीन छन् । त्यस्तै ताजकिस्तान र इरानविरुद्धको खेलले समूह ‘बी’ को विजेताको टुङ्गो लाग्ने छ । यस समूहको शीर्ष टोलीले एएफसी यु २३ एसियन कप खेल्नेछन् ।

यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यु–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस