२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री खाँणद्वारा तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आज तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले धनकुटाको चौविसे गाउँपालिका–१ स्थित बुधबारे र पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरेका थिए ।

त्यसैगरी उनले इलाम सदरमुकाममा भने इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीमार्फत दुवै जिल्लामा परेको बाढीपहिराको प्रभावका बारेमा जानकारी लिएका छन् । बधुबारेका पहिरो पीडितहरुले मन्त्री खाँणसँग आफन्त गुमाउँदाको पीडा सुनाउँदै आगामी दिनमा पहिरो नआउने वातावरण बनाइदिन अनुरोध गरेका थिए ।

स्थानीयवासीसँगको अन्तरक्रियामा मन्त्री खाँणले पहिरो पीडितका लागि सरकारले उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरेको जानकारी दिए । त्यसैगरी बाढीपहिरो नियन्त्रण तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिमार्णका लागि विज्ञहरुको टोली चाँडै नै पठाउने उनले बताए । यही कात्तिक २ गतेको पहिरोमा परी बुधबारेमा सात जनाको मृत्य भएको थियो भने पाँच जना घाइते भएका थिए । चार घरमा पूर्ण क्षति र २० घरमा आंशिक प्रभाव परेको थियो ।

मन्त्री खाँणसमक्ष स्थानीयको तर्फबाट चन्द्रबहादुर श्रेष्ठ, शारदा माविका निमित्त प्रधानाध्यापक हरेन्द्र आचार्य, मेक्लादुङ आधारभूत विद्यालयका प्रधानाध्यापक किशोर परियार, कांग्रेसका तर्फबाट जिल्ला सदस्य दीपककुमार श्रेष्ठले पुनःनिर्माणको माग गर्दै छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।

मन्त्री खाँण नेतृत्वको टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, सांसद सुजाता परियार, संविधानसभा सदस्यद्वय रामहरि खतिवडा र नरेन्द्र कुमाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुन थापालगायत सहभागी थिए ।

टोलीले आजै पाँचथरको तुम्बेवा–५ स्थित मौवामा पनि स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेको थियो । गाउँपालिका अध्यक्ष होमनाथ थापा, कांग्रेस गाउँ सभापति बाबुराम खड्का, स्थानीयवासीका तर्फबाट यम मगरलगायतले क्षतिको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

स्थानीय सावा, नावा र दुवा खोलामा आएको बाढी र पहिरोले तुम्बेवाका विभिन्न वडामा क्षति पुर्‍याएको थियो । झण्डै दुई हजार ८०० रोपनी जमिनमा लगाइएको खेती नष्ट हुँदा किसान मर्कामा परेको उनीहरुको भनाइ थियो । गुनासो सुनेपछि मन्त्री खाँणले धनकुटा, पाँचधर र इलामका बाढीपहिरो पीडितका लागि बजेटको अभाव नहुने प्रतिबद्धता जनाए ।

उनले निरीक्षण टोलीमा रहेका सरकारी उच्च अधिकारीलाई आआफ्नो निकायमार्फत गर्नुपर्ने काममा कुनै कन्जुस्याइँ नगर्न पनि स्थानीय बासिन्दाकै सामु निर्देशन दिए । ‘नेपालको सरकारी निकायमा बाहना गर्ने प्रचलन बढी छ, कुनै बाहना नगरी यहाँका पीडितका लागि गर्नुपर्ने काम गरिदिनु होला’, उनले भने ।

मन्त्री खाँणले जलवायु परिवर्तनका कारण बेमौसमी बाढीपहिरो आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले अन्तर्राष्ट्रिय सम्मेलनमा पनि यही विषयलाई उठान गरेको जानकारी दिए । उनले जलवायु परिवर्तन न्यूनीकरण गर्न बिजुलीको प्रयोग बढाउन पनि सबैलाई आह्वान गरे । ‘बिजुलीको प्रयोग बढाउन सरकारले बिजुलीमा सहुलियत दिने कार्ययोजना अगाडि बढाएको छ’, उनले भने,’घरायसी प्रयोजनका लागि बिजुलीको प्रयोग बढ्यो भने दाउराको प्रयोग घट्छ, दाउराको प्रयोग घटेपछि जङ्गल फँडानी कम हुनुका साथै दाउरा बाल्दा उत्पन्न हुने धुँवा पनि कम हुन्छ, यसले वातावरण संरक्षणमा पनि सहयोग पुग्छ र यस्ता बेमौसमी बाढीपहिरो आउँदैन, त्यसैले बिजुलीको प्रयोग पढाउनुहोला ।’

मन्त्री खाँणले जनताका सबै दुःखमा वर्तमान सरकार सधैँ साथमा रहने प्रतिबद्धता जनाउँदै निराश नहुन आग्रह गरे । उनले यसअघि गोरखालगायतका विभिन्न जिल्लामा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो भने बुधबार पश्चिम नेपालका विभिन्न ठाउँमा जाने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ ।