९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठ पर्वको मौका छोपेर महँगी बढाइयो

अ+ अ-

धनुषा । छठ पर्वको पूर्व सन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरु बताउँछन् ।

जनकपुरको पिडारी चोकमा छठ पर्वका लागि सामग्री खरिद गर्न पुगेका सतीशलाल कर्णले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको बताए । अरु बेला रु पाँच गोटाले पाउने कागती अहिले रु २० गोटाभन्दा कममा पाउन मुस्किल भएको उनको भाइ थियो ।

छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा बर्तालुको भीड निकै बढेको छ । छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको सङ्ख्या उल्लेख्य छ ।

अहिले केरा घरीको रु ५०० देखि ८०० सम्ममा बिक्री भएको व्यापारी बताउँछन् । साथै उखु गोटाको रु १५ मा बिक्री भएको व्यापारीको भनाइ छ ।

छठ पर्वमा केराको सिङ्गै घरी नै प्रसादका रूपमा चढाउनुपर्ने भएको हुँदा अहिले बजारमा केराको माग अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ ।

शनिबार मात्रै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजारमा लाखौँ रुपैयाँको केराको व्यापार भएको केराका एक ठेकेदार बताउँछन् । विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगर बजारमा मागअनुसार आपूर्ति नभएकाले केराको मूल्यमा ह्वात्तै वृद्धि भएको एक उपभोक्ता सञ्जीप साहले बताए । प्राय सबै बजारमा अहिले केराको खरिद बिक्री गर्नेको ठुलै भीड लागेको देखिन्छ ।

स्थानीय बजारमा केराको माग बढेपछि स्थानीय किसानले लगाएको केरा बजारमा ल्याउने क्रम जारी रहेको छ भने मुलुकको विभिन्न ठाउँमा जहाँ केराको खेती गरिन्छ, त्यहाँका केराले पनि बजार आपूर्ति गर्न नसक्दा भारतको हाजिपुर, दरभङ्गा, पटना, आसाम, बङ्गाल, ठाकुरगञ्जलगायत ठाउँबाट केरा मगाएको फलफूल तथा तरकारी व्यवसायी समिति जनकपुरका अध्यक्ष विश्वेश्वर यादवले बताए ।

गत वर्षको तुलनामा यसवर्ष केराको मूल्य करिब ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ ।

यस क्षेत्रको प्रमुख बजारका रूपमा रहेको सखुवा बजारबाट बिक्री वितरण भई विभिन्न ठाउँ जाने गरेको स्थानीयवासी दिलीप महतोले बताउनुभयो । छठ पर्वमा बनाउने प्रसाद ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदार कहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ ।

पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ ।

प्रतिक्रिया दिनुहोस