९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित

अ+ अ-

काठमाडौँ । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित भएका छन् ।

‘सबै खाले विभेदको अन्त्य गरौँ: सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सह महामन्त्री, एक कोषाध्यक्ष गरी १०१ सदस्यीय केन्द्रीय कार्यसमितिको पनि निर्वाचित गरेको छ ।

शनिवार र आइतबार राजधानीमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा, सह महामन्त्रीमा क्रमशः संविधानसभा सदस्य मिलनकुमारी राजवंशी, रूपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम शाह, अशोककुमार चौधरी तथा कोषाध्यक्षमा गोविन्दनाथ मिश्र र सह कोषाध्यक्षमा बुद्धिमाया पुन मगरलाई निर्वाचित गरेको सो पार्टीले जनाएको छ ।

महाधिवेशनबाट पारित पार्टीको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोगलगायतका विषय समावेश गरिएको छ ।

थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञ सम्मिलित एक राष्ट्रिय अर्थव्यवस्था विकास आयोग गठन गर्न, संविधानलाई सर्वस्वीकार्य बनाउन नेपाली उत्पीडित समुदायको हक अधिकार थप सुनिश्चित गर्न आवश्यक पर्ने सुधारका लागि संविधान सुधार सिफारिस आयोग गठन गर्न पनि माग गरिएको छ ।

काठमाडौँमा भएको महाधिवेशनको उद्घाटनका अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, अर्का पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्व उपराष्ट्रपति परमानन्द झालगायत विश्वका विभिन्न देशका राजनीतिक पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ‘आर्थिक क्रान्तिको दशक’ घोषणा गर्दै तराई–मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले संविधान गतिशील दस्ताबेज भएकाले समयानुकूल र जनआकाङ्क्षाअनुरूप संशोधन गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस