८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वय निर्विरोध निर्वाचित

अ+ अ-

सौराहा । नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायत नेता निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उनीहरु निर्विरोध भएका हुन् । यस्तै उपमहासचिवमा प्रदीपकमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् ।

अध्यक्षमा भने केपी शर्मा ओली र डा भीम रावलको उम्मेदवारी परेको छ । बन्दसत्रमा आइतबार अध्यक्ष ओलीबाट प्रस्ताव गरिएका उम्मेदवारविरुद्ध उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टङ्क कार्कीले उम्मेदवारी दिएका हुन् ।

केन्द्रीय सदस्यमा पनि सहमतिको प्रस्तावका अतिरिक्त केही क्षेत्रका सदस्यमा उम्मेदवारी परेको र ती नामावलीको छानबिन तथा दाबी विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।

उनले विद्युतीय भोटिङ मेसिनमा डाटा इन्ट्री गर्न कम्तीमा १२ घण्टा लाग्ने भएकाले मतदान आज रातिसम्ममा सुरु हुनसक्ने बताए । हलमा सहमतिका लागि अध्यक्ष ओलीले उम्मेदवारको नाम प्रस्ताव गरे पनि निर्वाचन प्रयोजनका लागि प्रक्रिया गर्नुपर्ने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस