२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै हो : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताएका छन् ।

विश्वविद्यालयको आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उहाँले विश्वविद्यालयले नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास कायम राखेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, ‘नेपालको उच्च शिक्षाको विकास र विस्तारमा त्रिभुवन विश्वविद्यालयको प्रेरणादायी भूमिका छ । यसका साथै देशले अङ्गिकार गरेको उच्च शिक्षा नीति कार्यान्वयनमा त्रिविले निर्वाह गरेको भूमिका ज्यादै महत्वपूर्ण छ । उच्च शिक्षाको विकास र विस्तार कार्यमा त्रिभुवन विश्वविद्यालयले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सक्षम जनशक्ति उत्पादन गर्न सफल हुनेछ भन्ने मेरो विश्वास छ ।’

नेपालले लामो समयसम्म राजनीतिकरूममा लोकतान्त्रिक आन्दोलन र विकासमा समय व्यतीत गर्नुपरेको उल्लेख गर्दै उनले देशमा राजनीतिक स्थिरता कायम हुँदा मात्र विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका लागि वातावरण बन्ने बताए । प्रधानमन्त्री देउवाले भने, ‘कोभिड–१९ को सङ्क्रमणले विश्वविद्यालय व्यवस्थापनमा पनि समस्या पर्‍यो, जसको कारण अध्ययन अध्यापन, अनुसन्धान र परीक्षालगायत सबै काम कुरा प्रभावित हुन पुग्यो । यद्यपि विश्वव्यापी बनेको कोभिड–१९ महामारीकै अवधिमा पनि वैकल्पिक विधिबाट अध्ययन अध्यापन कार्यलाई निरन्तरता दिएको विदितै छ । यस महामारीकै समयमा पनि परीक्षा सञ्चालन गरेर आफ्नो शैक्षिक क्यालेण्डरलाई कार्यान्वयन गर्ने प्रयास गरिएको छ ।’

पछिल्लो समयमा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीयस्तरका विश्वविद्यालयमा गरिने अनुसन्धान तथा ती विश्वविद्यालयबीचको अन्तक्र्रियाले नेपालका समग्र विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धी सीपसहितका सक्षम जनशक्ति नेपालमै उत्पादन गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयको वर्तमान नेतृत्वले आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने अपेक्षा व्यक्त गरे।

त्रिभुवन विश्वविद्यालयका चारैवटा अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालयले समयसारणीसहितको कार्ययोजनाका साथ अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकलाई अनुसन्धान कार्यमा सहभागी गराई उनीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

मुलुकको समग्र विकास र समृद्धिको आधार शिक्षा नै भएको उल्लेख गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयले शैक्षिक नीतिहरूसँग तादाम्यता कायम गर्दै प्रतिस्पर्धी युगमा प्रभावकारी शिक्षणका लागि शैक्षिक वातावरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उच्च शिक्षालाई अनुसन्धानमूलक, सिर्जनात्मक र नवप्रवर्तनतर्फ त्रिविले आफ्नो ध्यान केन्द्रित गर्न जरुरी भएको उनको भनाइ थियो । ‘शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउनु आजको आवश्यकता हो । हामीले शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पुर्‍याउनका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिकरूपमा अगाडि बढाउँदै लैजानु पर्दछ’, उनले भने ।

प्रधानमन्त्री देउवाले सो अवसरमा विश्वविद्यालयले देशमा उच्च शिक्षामा जनताको पहुँच विस्तार गर्दै राष्ट्रिय आवश्यकताअनुसारका उच्चस्तरका जनशक्ति र विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट उत्पादित जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने कार्यमा सफलता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

उनले विश्वविद्यालयको प्राज्ञिक उन्नयन र विकास लगायत यसको समग्र विकास र विस्तारमा योगदान पुर्‍याउनु हुने प्राध्यापक, शिक्षाविद्, पदाधिकारी, कर्मचारी, विद्यार्थी, अनुसन्धानकर्ता, अभिभावक, दातालगायत सबैलाई धन्यवाद दिए। साथै भविष्यमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र विश्वविद्यालयको संस्थागत विकास एवं सुधार गर्न यस विश्वविद्यालय र यसमा संलग्न सबैलाई प्रेरणा र उत्साह प्राप्त होस् भन्ने शुभकामनासमेत उनले व्यक्त गरे ।