१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटको तादी गाउँपालिकामा पहिलोपटक विद्युत् सेवा विस्तार

अ+ अ-

त्रिशूली । नुवाकोटको तादी गाउँपालिका–१, २, ३ र ४ मा विद्युत् सेवा विस्तार गरिएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रसिद्ध रहेको वडा नं ४ स्थित बाघमारा र सुन्दरीजल–गोसाईंकुण्ड पदमार्गको क्षेत्रसहितको स्थानमा पहिलोपटक विद्युत् सेवा पुर्‍याइएको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तादीका उक्त वडामा हालसम्म बत्ती पुग्न नसकेको स्थानमा केन्द्रीय प्रसारण प्रणालीअन्तर्गतको विद्युत् सेवा पुर्‍याई बत्ती बल्न सुरु गरिएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईँले जानकारी दिए ।

उनका अनुसार ‘उज्यालो बागमती अभियान’मार्फत डिभिजन कार्यालयले रु ५० लाख बजेटमार्फत १३५ वटा फलामका खम्बा र १३ किमी प्रसारण लाइनको तारमार्फत उपभोक्ताको श्रमदानबाट बत्ती बाल्न थालिएको हो । बत्ती पुगेसँगै उच्च हिमाली एवं दुर्गममा पर्ने उक्त क्षेत्रका करिब १०० परिवार प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

विद्युत् सेवा नहुँदा व्यक्तिगत खरिद गरिएका सोलार बत्ती र टुकी बालेर बस्दै आएका बासिन्दा केन्द्रीय प्रसारण लाइनमार्फत व्यवस्थित फलामे खम्बासहितको विद्युत् सेवा घरघरमा पुगेसँगै खुसी भएका वडा नं २ का वडाध्यक्ष बच्चुराम तामाङले बताए ।

उनका अनुसार बत्ती नहुँदा साँझ हुने बित्तिकै खाना खाएर सुत्नुपर्ने अवस्था थियो । बत्ती सुविधा भएसँगै दिनभरको उज्यालोमा दैनिक काम गर्ने र अँध्यारो समयमा बत्ती भएपछि घरभित्रको काम गर्न, बालबालिकालाई अध्ययन गर्न, मोबाइल तथा रेडियो र टेलिभिजनको प्रयोग गर्न सहज भएको छ ।

उज्यालो बागमती अभियानअन्तर्गत प्रदेश सरकारले केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा ग्रामीण विद्युतीकरण कार्यक्रम तथा सोलार बत्ती वितरण गर्ने योजनाअनुसार हालसम्म बत्ती पुग्न नसकेका स्थानमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सेवा दिएको हो ।

“गत वर्ष प्राप्त बजेट रु २० लाखले दुप्चेश्वर र तादी गापाको बत्ती नपुगेका विभिन्न बस्तीको बत्ती पुर्‍याउने क्रममा पहिचान भएको स्थानमा यस वर्ष बत्ती लगिएको हो”, डिभिजन प्रमुख गुरागाईँले भने, ‘प्रसारण प्रणाली नपुगेका स्थानमा अब लगत्तै सोलार बत्ती वितरण गर्ने तयारी छ ।’

कार्यालयले सिँचाइ कुलो, खोला तथा नदीले पुर्‍याएको कटानको नियन्त्रण तथा जोखिममा परेका बस्ती संरक्षणका लागि सेवा पुर्‍याउँदै आएकामा गएको वर्षदेखि ऊर्जाको समेत सेवा दिन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस