२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा राष्ट्रियसभा सदस्यका लागि ३ उम्मेदवारको मनोनयन दर्ता

अ+ अ-

पोखरा । गण्डकीमा सत्ता पक्षीय गठबन्धनका ३ उम्मेदवारले राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् ।

माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् ।

नेकपा एमालेका एमालेका ३ जना उम्मेदवारले मंगलबार ११ बजे नै मनोनयन दर्ता गराएका थिए । एमालेबाट कास्कीका पुण्यप्रसाद पौडेल, महिलामा नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएका एमालेका प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए । पन्त यसअघि काँग्रेसको केन्द्रीय सदस्य थिइन् भने पूर्व सांसद पनि हुन् ।

माओवादी केन्द्रका उम्मेदवार सुरेश अहिलेको केन्द्रीय सदस्यमा छानिएका छन् भने २०६४ को पहिलो संविधान सभा चुनावमा करिब ७ हजार मतले काँग्रेसका गोविन्दराज जोशीलाई हराएका थिए । उनी माओवादी विभाजित हुँदा मोहन वैद्यको पार्टीमा आवद्ध भएका थिए । पछि रामबहादुर थापासँगै माओवादीमा फर्किएका हुन् ।

अर्का उम्मेदवार भुवन सुनार दलित आन्दोलनमार्फत आएका हुन् । उनी माओवादीमा बाबुराम भट्टराई निकट थिए भने नयाँ शक्तिमा आवद्ध भएर पनि पछि माओवादीमै फर्किएका हुन् ।

गण्डकीमा सत्तागठबन्धनका सबै दलका नेतासहित मनोनयन दर्ता गर्न पुगेका थिए । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ७ सय मतभारले अगाडि देखिन्छ ।