९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप आधा दर्जन जिल्लाका सिडिओ फेरिए, पुनः भित्र्याइएका पौडेललाई धनुषा

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले थप आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) परिवर्तन गरेको छ ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा भएका छन् भने धनुषामा लगानी बोर्ड हुँदै शुक्रवार गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई पठाइएको छ । यसअघि बाराको प्रजिअ हुँदा गृहबाटै बाहिर पठाइएका पौडेल पुनः गृह भित्र्याएर सिडिओमा खटाउनुलाई गृह वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार : सिडिओसहित ६ सहसचिवको सरुवा

यसैगरी मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई काभ्रे प्रजिअको जिम्मेवारी दिइएको छ भने काभ्रेका शिवराम पोखरेललाई मन्त्रालय तानिएको छ । मन्त्रालयले सल्यानका प्रजिअ लक्ष्मी देवी होमागाई खतिवडालाई मन्त्रालय सरुवा गरेर त्यहाँ सहसचिव विपिन आचार्यलाई खटाईको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई मन्त्रालय झिकाउँदै उपसचिव रामहरि शर्मालाई कालिकोटको प्रजिअको जिम्मेवारी दिई पठाइएको छ ।

त्यस्तै सहसचिव सुमन घिमिरेलाई नवलपरासी(पूर्व)को प्रजिअ बनाई पठाइएको छ । त्यहाँकी मनमाया पङ्गेनी भट्टराई केही दिन अघि झिकेर गण्डकी प्रदेश पठाइएको थियो ।

बुधवार मात्रै मन्त्रालयले ९ जिल्लाका प्रजिअको हेरफेर गरेको थियो ।

सम्बन्धित समाचार : ९ जिल्लाका सिडिओ हेरफेर, झापामा रिजाल

प्रतिक्रिया दिनुहोस