९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संक्रमण फैलिन नदिन प्रशासनको सक्रियता बढ्यो

अ+ अ-

वालिङ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्याङ्जामा पूर्वसतर्कताका लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ ।

छिमेकी मुलुकसहित देशका विभिन्न भागमा सङ्क्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गराउने निर्णय गरेको छ ।

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव आयोजना नगर्ने/नगराउने निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले आगामी माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक सेवा प्राप्त गर्दा तथा सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्डलाई अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । खोप कार्ड लिएर आएका सेवाग्राहीलाई मात्रै सेवा दिइने उल्लेख छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा सञ्चालनमा आएका आइसोलेसन सेन्टरलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राख्ने, कोभिड–१९ को परीक्षणको दायरा बढाउन र नियमित खोप केन्द्रमा खोपलाई अभियानका रुपमा आगाडि बढाउन स्वास्थ्य कार्यालयले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लाभित्रका अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेसन सेन्टर तथा अक्सिजन प्लान्ट,अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न पनि सरोकारवालालाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस