११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित

अ+ अ-

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन् ।

बुधबार साँझ आएको मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्टले २८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी वीरबहादुर थापा (पातल)ले १८३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्ष पदमा २५४ मत ल्याउँदै लक्ष्मी बुढा निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत प्राप्त गरेका छन् । सचिवमा पनि अध्यक्ष विष्ट प्यानलकै पल्लवराज भट्ट निर्वाचित भएका छन् । भट्टले अर्का प्रतिद्वन्द्वी अशोककुमार चन्दलाई सात मतले पराजित गरेका छन् ।

सचिवमा निर्वाचित भट्टले २३३ मत प्राप्त गरे भने पराजित चन्दले २२६ मत पाएका छन् ।

त्यसैगरी उपसचिवमा कर्णबहादुर चन्द र फैरु तामाङ निर्वाचित भएका छन् । चन्दले ३४७ मत र तामाङले २९६ मत प्राप्त गरेका छन् । उपसचिव पदका अर्का प्रत्यासी शेरबहादुर चन्दले १९७ मत प्राप्त गरेका छन् ।

जिल्ला कमिटीको सहमतिमै नेतृत्व चयन गर्न यहाँ प्रयास गरिए पनि अन्तःनिर्वाचन भएको थियो । निर्वाचनमा ४७० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस