२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीमा कोरोना देखिएपछि कास्की प्रशासनमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित

अ+ अ-

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ । तर, तयारी अवस्थामा रहेका राहदानी भने वितरण हुनेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आज (बुधबार) एक सूचना जारी अनिश्चित समयका लागि कार्यालयको आंशिक सेवा स्थगन गरिएको जानकारी दिएका हुन् ।

पौडेललेले राहदानी, राष्ट्रिय परिचय पत्रसहित भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरिएको जानकारी दिएका छन् ।

‘सम्बन्धित सबै सेवाग्राहीले पनि कोभिड १९ सङ्क्रमणदर सामान्य नहुने अवस्थासम्म विद्युतीय राहदानी प्राप्तिका लागि अनलाइन आवेदनसमेत नगर्नु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

कास्कीमा बुधबारसम्म १ हजार ५४६ जना सक्रिय सङ्क्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामामात्रै कास्कीमा ३ सय ६५ जना सङ्क्रमित थपिएका छन् ।