२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिममा आलोपालो गर्दै छन् स्वास्थ्यकर्मी

अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिमको जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीले आलोपालोबाट बिरामीको उपचार गर्न थालिएको छ । स्वास्थ्यकर्मीमै धेरै सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालमा आलोपालो गरेर उपचार भइरहेको हो ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि निको भएकाले मात्रै ड्युटी गर्दै छन् । हालसम्म जिल्ला अस्पतालका १५ जनाभन्दा बढी स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

अस्पतालका सूचना अधिकारी कालीबहादुर ओलीले सङ्क्रमण भएकाहरू आइसोलेसनमा बस्ने र निको भएकाहरूले उपचार गर्ने गरिएको बताए । जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको सङ्ख्या थोरै छ । यसैले पनि सङ्क्रमण भएको केही दिनमा फेरि परीक्षण गरेर तिनै स्वास्थ्यकर्मीलाई उपचारमा खटाइरहेको जानकारी उनले दिए ।

पहिलो चरणमा पुष्टि भएकाहरू केही दिन आइसोलेट भएर फेरि उपचारमा फर्किएका छन् । पछिल्लो पटक सङ्क्रमण भएकाहरू आइसोलेसनमै छन् । स्वास्थ्यकर्मी सङ्क्रमण भएका बेला अरूले थप काम गरेरै भए पनि सेवा निरन्तर दिइरहेको डा. भीमकान्त जैसीले बताए । डा. जैसी पहिलो चरणमा सङ्क्रमित भएका थिए ।

५ दिन आइसोलेसन बसेपछि आफू पुनः ड्युटीमा फर्केको उनले बताए । ‘गत वर्षको जस्तो अस्पतालको सेवा नै ठप्प छैन,’ उनले भने, ‘सङ्क्रमित स्वास्थ्यकर्मीलाई अलग्गै राखेर बाँकीले अस्पतालका सबै सेवालाई निरन्तरता दिइरहेका छौँ ।’ अस्पतालका चिकित्सक, स्टाफ नर्स, आकस्मिकका पारामेडिक्स, ल्याब, एक्सरे, जनस्वास्थ्य सबै विभागका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सङ्क्रमण भइसकेको छ ।

सङ्क्रमित अस्पतालका सबै स्वास्थ्यकर्मी आ–आफ्नै निवासमा छन् । जिल्ला अस्पतालको आइसोलेसनमा एक जनाको उपचार भइरहेको छ । हालसम्म ३ जना बिरामी उपचारका लागि भर्ना भए । जसमध्ये एक जनालाई नेपालगन्ज रिफर गरिएको छ भने एक जना डिस्चार्ज भएका छन् ।