काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बतायो ।
सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पारित गराउन पहल थालेका छन् ।