९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

अ+ अ-

जलेश्वर । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताएका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास निर्माण एवं अन्य गतिविधि विवेकपूर्वक तवरले गरिनुपर्छ ।’

मधेस प्रदेश ठप्प भए सम्पूर्ण देश नै ठप्प हुने बताउँदै महाप्रबन्धक राईले नेपालको चौतर्फी समुचित विकास एवं समृद्धिका लागि मधेस प्रदेशको विकास एवं समृद्धि हुनु जरुरी रहेको बताए ।

उनले मधेस प्रदेशको सरकारले चालेका ‘बेटी पढाऊ, बेटी बचाऊ’, ‘बेटी बिमा’, ‘महिलालाई ५० प्रतिशत आरक्षण’ लगायत कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले प्रदेशको विकासमा टेवा पुग्ने तथा लैङ्गिक विभेदको अन्त्य हुँदै यस प्रदेशले निकट भविष्यमै हरेक क्षेत्रमा अतुलनीय फड्को मार्ने विश्वास व्यक्त गरे ।

उनले मधेस प्रदेश प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीलाई मधेस प्रदेश सरकारको सकारात्मक कदमलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण सुझाव दिए ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति मधेस प्रदेशको समन्वयमा प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीका लागि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा आठवटै जिल्लाका करिब दुई दर्जन राससकर्मी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस