१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा नदी नियन्त्रण योजना कार्यान्वयनमा

अ+ अ-

म्याग्दी । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ ।

मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो ।

एक करोडभन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

‘दुई वटा प्याकेजमा काम सुरु भएको छ’, उनले भने, ‘बर्खा अघिनै चैत महिनाभित्र नदी नियन्त्रणको काम सक्ने लक्ष्य सहित ठेकेदार परिचालन भएका छन् ।’ गाउँपालिकाले यसका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको थियो । प्रतिस्पर्धाका आधारमा कार्यशक्ति कन्ट्रक्सन काठमाडौले ६४ लाखमा ठेक्का सम्झौता गरेको छ ।

गाउँपालिकाका इञ्जिनीयर नमोनारायण ढुङ्गानाले ५६ मिटर लामो र सात मिटर अग्लो आरसिसी पक्की पर्खाल निर्माण गर्न लागिएको बताए । गत मङ्सिर २८ गते सम्झौता गरेका ठेकेदारले नदी किनारमा पर्खाल निर्माणका लागि खोलाको पानी डाइभर्सन गरेर जग खन्न सुरु गरेका छन् ।

गत वर्ष हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्सनले ५६ लाखमा ठेक्का लिएको ४२ मिटर लामो र सात मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनालाई पनि यसै वर्ष पूर्णता दिन म्याद थप भएको छ । सो योजनाका लागि ८० लाख बजेट विनियोजन भएकोमा हिमालयन बिल्डर्सले ५६ लाखमा ठेक्का स्वीकार गरेको थियो ।

गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएको थियो । निर्माणाधिन पर्खालमा क्षति पुर्याएको बाढीले बजारतर्फ कटान गरेर एक वटा घर, जनप्रिय माबिको भवन र खेलमैदान भत्किएको थियो । थप कटान हुन नदिन म्याग्दी नदी किनारको जोखिमयुक्त सबै भागमा पक्की पर्खाल निर्माण गर्न लागिएको वडाध्यक्ष सन्तोष सुबेदीले बताए ।

आर्थिक वर्ष २०७६÷७७ मा मालिका गाउँपालिकाको ५५ लाख र सङ्घीय सांसद भुपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत २५ लाखको बजेटबाट उपभोक्ता समितिमार्फत ४५ मिटर लामो, ७ मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण भएको थियो ।

करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । विसं २०७६ सम्म हिउँदमा ग्याबीयन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो ।

२०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिएको वडाध्यक्ष सुबेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस