२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी सेनाद्वारा युक्रेनको खेरसन सहर कब्जा

अ+ अ-

खेरसन । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण सहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ। ुसहर घेरिएको छु, खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ।

दक्षिणी क्षेत्रीय राजधानीको स्थिति रूसी सेना सहरमा प्रवेश गरेपछि तनाबपूर्ण रहेको कोलिखाएभले बताए। क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको ३ लाख मानिसहरूको सहर खेरसनको पतन महत्त्वपूर्ण छ किनभने यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा सहरतिर पश्चिमतर्फ जान बाटो खुल्ने छ।

बुधबार युक्रेनमा सर्वसाधारणको हताहतीको घटना बढेको छ। संयुक्त राष्ट्र संघले २२७ नागरिक मारिएको बताएको छ ।

एन वाइ टि का अनुसार, युक्रेन सरकारले सुरुमा नागरिकको मृत्युको संख्या २ हजारभन्दा बढी उल्लेख गरेको थियो तर युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो संख्यालाई ुअनुमानितु भन्दै कति मानिसहरू अझै पनि आगलागीमा परेका र भग्नावशेषमा हराइरहेका कारण यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ।

मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेको थियो। बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्। यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्।