२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशसभा बैठक आज, एमालेले संसद् चल्न नदिए हिउँदे अधिवेशन अन्त्य गर्ने योजना

अ+ अ-

काठमाडौँ । करिब तीन महिनापछि बागमती प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको संसद् बैठक आज (आइतबार) बस्न लागेको हो। प्रदेशसभा बैठक पुस ८ गतेदेखि बस्न सकेको छैन।

करिब तीन महिनापछि बस्न लागेको प्रदेशसभा बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ। बैठकअघि बिहान ११ बजे कार्य परामर्श समितिको बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकको सम्भावित कार्यसूचीमा विषयगत समितिबाट आएका दुई वटा विधेयकहरू पेस गर्ने, महालेखा कार्यालय र मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेस गर्ने, प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने लगायत रहेको छ ।

आज बस्न लागेको संसद् बैठक एमालेले पुनः अवरोध गर्ने आशङ्का गरिएको छ। एमालेले मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने, आफ्नो सरकारले ल्याएको योजना कटौती फिर्ता हुनुपर्ने, मुख्यमन्त्रीले नेकपा (एकीकृत समाजवादी)को कमिटी गठन भएको ठाउँमा मात्रै बजेट दिने भनी दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने लगायतका माग राखेर संसद् अवरोध गर्दै आएको छ।

एमालेले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गएको पुस ८ गतेको संसद् बैठकमा दिइसकेका भए पनि त्यति बेलाको बैठकमा एमाले नै अनुपस्थित रह्यो। एमालेले आज बस्ने बैठकमा मुख्यमन्त्रीले आफूहरूले माग गरेअनुसार चित्त बुझ्दो जवाफ नदिए पुनः बैठक अवरोध गर्ने जनाएको छ।

एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले मुख्यमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआए संसद् चल्न नसक्ने बताए। निरौलाले मुख्यमन्त्री पाण्डेले सर्वदलीय बैठकमा भनेअनुसार काम नगरेको भन्दै असन्तुष्टि जनाए।

उनले सरकारले संसद् नराखेर आफ्नो ढङ्गले एक्लै अघि बढ्न खोजे आफूहरू अदालत जानेसम्मको चेतावनी दिए। निरौलाले आइतबारको संसद् बैठकमा सरकार कुन ढङ्गले प्रस्तुत हुन्छ भन्ने कुरामा आफूहरूको भूमिका निर्भर रहने पनि बताए।

उता सरकारले एमालेले संसद् बैठक चल्न नदिए हाल चालू अवस्थामा रहेको हिउँदे अधिवेशन नै अन्त्य गर्ने योजना बनाएको छ ।