१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छ: अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा पार्टीले जितेमा राष्ट्रियसभामा आफ्ना प्रतिनिधि लान सकिने र देशको विकासको कामलाई स्थानीय तहबाट उठाएर जनताका चाहनालाई माथि लान सकिने बताए ।

‘सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मनोवैज्ञानिक त्रास छ भने हटाउन म साथीहरूलाई आग्रह गर्दछु । ज्येष्ठ नागरिक, युवा, गृहिणी, राष्ट्रसेवक सबैका पक्षमा हामीले सरकारमा हुँदा काम गरेका छौँ’, उनले भने, ‘ती सबैले एमालेलाई मत दिने भएपछि हामी पछाडि पर्ने कुनै सम्भावना छैन ।’

आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।

उनले गत निर्वाचनमा पनि गठबन्धनलाई पराजित गरेर एमाले जस्केलाबाट नभई मूल ढोकाबाट सरकारको नेतृत्वमा पुगेको स्मरण गराउँदै पुनः एमालेले सत्तारोहण गर्ने दाबी गरे । अध्यक्ष ओलीले आजै मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै समृद्ध मुलुक निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न बौद्धिक जगतले जागरण ल्याउने काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस