२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवामा सर्वेक्षक खत्रीको रजगज !

अ+ अ-

काठमाडौँ । ‘सरुवा खेती’ सामान्यको पुरानै बाली हो । समयमै सङ्घीय निजामती सेवा ऐन नल्याउँदा र भएकै ऐनकोसमेत अक्षरशः कार्यान्वयन गर्न नसक्दा यति बेला कर्मचारीतन्त्र झन्झ-न् अस्थिर बन्दै गएको छ । र, निजामतीलाई अस्थिर बनाउने प्रमुख कारण हो सरुवा । 

निजामती सेवा ऐन, २०४९ को दफा १८ मा उल्लेखित सरुवा सम्बन्धी व्यवस्थालाई मात्रै कार्यान्वयन गर्ने हो भने पनि ९० प्रतिशत नियन्त्रणमा आउने बेथिति घट्ने भन्दा बढ्दो क्रममा छ । जसमा कर्मचारी प्रशासनसँगै दलका नेता कार्यकर्ता र विभागीय मन्त्रीका सचिवालयको सक्रियताले थप मलजल गरेकै छ । 

दिन बिरायरजसो आइरहने सरुवा सूचीमा सचिवालयकै कर्मचारीहरूबिच हालीमुहालीका लागि हुने हानथाप हेर्न लायकै नै रहने गर्छ मन्त्रालयमा । 

स्थानीय कर्मचारी हेर्ने मन्त्रालयका उपसचिव रूपनारायण खतिवडाले भटाभट प्रमुखलाई तानेर निमित्तलाई जिम्मेवारी सुम्पेसँगै मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठका स्वकीय अधिकृत दिलीप पटेललाई प्रदेश नं. २ हेर्नै ठिक्क र प्रमुख स्वकीय सुरज महर्जनलाई मन्त्रीको कार्यक्रम तथा पार्टी नेता-कार्यकर्ताको फोन टिप्नै व्यस्त भएसँगै सर्वेक्षक कमल बहादुर खत्रीको हालीमुहाली सुरु भएको छ ।  

सुस्तरी मन्त्रालय छिरेका उनी यति बेला भने कर्मचारी सरुवाका नामनामेसी काँटछाँट गर्नेदेखि कहाँ कसलाई खटाउने भन्नेसम्मका सूची बनाउन व्यस्त छन् । सरुवा सहमतिसमेत रोक्दै छानी-छानी टिक लगाएर सूची सराउने सर्वेक्षक खत्रीको सक्रियताबारे कसैले चुइँक्क बोल्न नसकेको र नासु-खरदारको उनको लिष्टले कर्मचारी प्रशासनसमेत टुलुटुलु हेरेर निर्णय गर्ने गरेको मन्त्रालय स्रोतको भनाई छ । 

पूर्व नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका सचिवालय सदस्यसमेत रहेका खत्री बाबुराम भट्टराईको नयाँ शक्ति गठनपछि कर्मचारीको एक झुन्ड बोकेर आफू महासचिव रहने गरी निजामती ट्रेड युनियन नेपाल निर्माण गर्न तम्सिएका थिए । तर खुद्रा पसल जस्तो कर्मचारी सङ्गठन निर्माण नगर्ने बाबुरामको भनाई पछि सेलाएका नापी विभागका सर्वेक्षक खत्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जसपाको भागमा परेसँगै जुरमुराए ।