हेटौँडा । चैत मसान्तभित्र आफूसँग भएको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार चैत ३० गतेभित्र नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले अनुरोध गरेको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
