काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई संघीय निजामती सेवा ऐनमा समावेश गर्नु पर्ने विषयमा ज्ञापन पत्र बुझाएका छन् ।
युनियन अध्यक्ष गोपाल प्रसाद पोखरेलको नेतृत्वमा गएको युनियन पदाधिकारीको टिमले मुख्य सचिव बैरागीसँग कर्मचारी युनियनले विगतदेखि उठाएका माग समावेश गरी छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउन अनुरोध गरेको युनियन सचिव प्रकाश भट्टराईले जनाए ।
समायोजनबाट मर्कामा परेका कर्मचारीलाई एक पटक पुन स्वेच्छिक रूपमा आफूले रोजेको तहमा जाने व्यवस्था मिलाउन, राजपत्र अनङ्कित कर्मचारीहरूले उठाएका माग सम्बोधन गर्दै सबै तह एवं सेवा, समूह र पदमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि उचित व्यवस्था मिलाउन लगायत ऐन जारी गर्ने प्रक्रियामा ट्रेड युनियनहरू लगायत सरोकार वाला पक्ष सङ्ग छलफल गरेर मात्र अगाडि बढ्नसमेत माग राखेको छ।
नेपाल निजामती कर्मचारी युनियनले आज देशैभरीबाट संघीय निजामती सेवा ऐनको बारेमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।







