१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसङ्घ महासचिव

अ+ अ-

न्यूयोर्क । अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्।

गुटेर्रेसले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन्।

उनले ट्विटरमा लेखेका छन् , ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। नब्बे लाख मानिसहरू भोकमरीको जोखिममा छन्। अर्थव्यवस्था ध्वस्त भएको छ।’

गत वर्ष अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवअधिकारको अवस्था नाजुक भएको छ।

देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी छ । तालिबानले गैर न्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारको ठुलो रोलब्याक, सेन्सरशिप र मिडिया विरुद्ध आक्रमणहरू सहित मानवअधिकार उल्लङ्घनहरू जारी राखेको छ।

यसबाहेक अफगानिस्तानका मानिसहरूले पनि अभूतपूर्व मानवीय सङ्कटको सामना गरिरहेका छन् जुन अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी अमेरिकाले अफगानिस्तानलाई सहायता कोष र विश्वव्यापी वित्तीय प्रणालीमा पहुँच गर्नबाट रोकेको निर्णय यथावत् छ ।

प्रतिक्रिया दिनुहोस