२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा भूकम्पपछि १४६ विद्यालय भवन पुनः निर्माण

अ+ अ-

खोटाङ । २०७२ सालमा गएको भूकम्प र पराकम्पबाट क्षति भएका १६२ विद्यालय भवनमध्ये १४६ विद्यालयका भवन पुनः निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणको बजेटमा १३० र गैरसरकारी संस्थाको बजेटमा १६ गरी १४६ विद्यालयको भवन पुनः निर्माण सम्पन्न गरिएको हो ।

१० स्थानीय तह रहेको जिल्लामा १६ विद्यालयको भवन पुनः निर्माणको काम धमाधम भइरहेको शिक्षा विकास तथा समन्वय एकाइका इन्जिनियर बुद्धन यादवले जानकारी दिए ।

‘जिल्लाभरका ९९ विद्यालयमा आधुनिक शौचालयसहितका भवन निर्माण भइरहेका छन्’, उनले भने, ‘निर्माणाधीन शौचालयमा किशोरीले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन र फेर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।’

निर्माणाधीन विद्यालय भवन यही चैत मसान्तभित्र सम्पन्न हुने अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामा दुई कोठे, तीन कोठे र चारकोठे पक्की विद्यालय भवन निर्माण सुरु गरिएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ८७ शौचालय निर्माण भइसकेका र १२ शौचालय निर्माणको काम भइरहेको जनाइएको छ । पुनः निर्माण प्राधिकरणकै बजेटमा जिल्लाका ५१ विद्यालयमा खानेपानीको योजनासमेत परेको जनाइएको छ ।

जिल्लाका ४६ विद्यालयमा खानेपानीको योजनाको काम सम्पन्न भएको छ भने पाँच विद्यालयमा निर्माण हुन बाँकी छ । बाँकी रहेका विद्यालयमा तत्काल खानेपानी योजना निर्माणको काम सुरु गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

प्राधिकरणले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीन कोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रु १५ लाख र खानेपानी योजनाका लागि रु सात लाख ४० हजार बजेट उपलब्ध गराएको छ ।

विद्यालय भवन, शौचालय र खानेपानी योजनाको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा०ले हेर्दै आए पनि गत असारपछि उक्त कार्यालय उठेसँगै अहिले शिक्षा विकास तथा समन्वय एकाइले हेर्दै आएको छ ।