१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा २४ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने

अ+ अ-

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका २४ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइने भएको छ ।

हुम्लाको सात स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका २४ हजार १४९ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय हुम्लाद्वारा सोमबार आफ्नै कार्यालयमा आयोजित एक दिने गोष्ठीमा यही चैत २५ गतेदेखि आगामी वैशाख ५ गतेसम्म यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइयो ।

कार्यालयका निमित्त प्रमुख प्रेम सिंहका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइने भए पनि हुम्ला भौगोलिक विकटता भएका कारण चैत २५ देखि वैशाख पाँच गतेसम्म खोप लगाएर सम्पन्न गरिने भएको हो ।

पाँचदेखि छ दिनसम्म स्वास्थ्यकर्मी खटाएर खोप लगाइने भएको हो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेका बालबालिकाका लागि स्वास्थ्यकर्मी खटाइने छ । त्यहाँ यदि हिमपातले र विविध समस्याले स्वास्थ्यकर्मी जान नसके दोस्रो पटकको अभियानमा लगाइने भएको कार्यालयका निमित्त प्रमुख सिंहले बताए ।

हुम्लाका सात वटा गाउँपालिकामा १५० वटा खोप केन्द्र रहेको जनस्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ । नाम्खामा १८, सिमकोटमा २५, खार्पुनाथमा १८, सर्केगाडमा २५, चंखेलीमा २५, अदा चुलीमा १९ र ताँजकोटमा २० गरेर १५० वटा खोप केन्द्रबाट यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको हो ।

यस्तै उक्त खोप पाउने बालबालिकाको सङ्ख्या नाम्खा गाउँपालिकामा एक हजार ९१, सिमकोटमा पाँच हजार २८३, खार्पुनाथमा दुई हजार ९३०, सर्केगाडमा चार हजार ९९०, चंखेलीमा दुई हजार ८५५, अदा चुलीमा तीन हजार ९२२ र ताँजकोटमा तीन हजार ७८ बालबालिकालाई खोप लगाइने भएको छ ।

हुम्ला भौगोलिक विकटता जिल्ला भएकाले चैत २५ देखि वैशाख ५ सम्म नेपाल सरकारको यो अभियान सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

टाइफाइड रोगविरुद्धको खोप अभियान जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, नयाँ भैरवी दल गुल्मका सेनानी गणेश खड्का, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओला, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख गेहेन्द्र भण्डारीलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।